झापा-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले बैँक तथा वित्तिय संस्थाको व्याज एक अंकमा झार्न संघर्ष गर्ने चेतावनी दिएको छ । शनिवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी पार्टीको मेची व्युरोले महँगो व्याजका कारण जनता थप पीडित भएको जनाउँदै त्यसविरुद्ध संघर्ष गर्ने जनाएको हो ।
- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
पार्टीको मेची व्युरोका इञ्चार्ज सुमनसिंहले चर्काे व्याज लिँदै आएका बैँक तथा वित्तिय संस्थालाई व्याज एक अंकमा बनाउन दवाव दिइने बताए । जनमत बटुल्ने र त्यसविरुद्ध संगठित हुने जनाउँदै उनले लागूऔषधविरुद्ध पनि अभियान चलाइने जनाएका छन् ।
सीमा अतिक्रमणविरुद्ध उत्रिने निर्णय माओवादीको छ । झापाको दमकमा सम्पन्न व्यूरोको बैठकपछि माओवादीले आफ्ना निर्णय सार्वजनिक गरेको हो । उसले क्वारेन्टाइन चेकजाँचविना भारतबाट तरकारी, फलफूल तथा अरु कुनै खाद्य पदार्थ भित्रिन नदिने चेतावनी पनि दिएको छ ।