८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के




भद्रपुर-झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा प्रदेश १ सरकारकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूले बिहीवार अनुगमन गरेकी छन् । उनले अस्पताललाई सफा राख्न निर्देशन दिएकी छन् । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. टंक बाराकोटीले अस्पतालको अवस्थाका विषयमा मन्त्रीलाई अवगत गराएका छन् ।

मन्त्री लिम्वूले स्वास्थ्य कार्यालय झापाको पनि छड्के अनुगमन गरेकी छन् । अस्पतालबाट आमनागरिकले पाउनुपर्ने सुविधा र निःशुल्क औषधि पाउनु पर्ने भन्दै उनले कार्यालयको ध्यानाकर्षण गराएकी छन् ।

स्थानीय स्वास्थ्य संस्थाबाट पर्याप्त औषधि पाइँदैन भन्ने गुनासो आइरहेकाले स्थानीय तहलाई पर्याप्त औषधि वितरणमा सहयोग गर्न मन्त्री लिम्बूले निर्देशन दिएकी छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार ००:००  ८ : १२ बजे