झापा- प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका पाँचजना अग्रज पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ । बिहीवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रेस चौतारी झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने निर्णय भएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले बताए ।
चौतारीले अग्रज पत्रकार नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्नेे निर्णय गरेको छ । स्व. माया पकुवाललाई मरणोपरान्त सम्मान गर्ने निर्णय बैठकले गरेको हो ।
- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
चौतारी झापाका इञ्चार्ज सन्तोष आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्य अम्बिका भण्डारी र प्रेस चैतारी झापाका पूर्व अध्यक्ष गोपाल काफ्ले सदस्य रहेको छनोट समितिले पत्रकारको नाम छानेको हो ।
प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा शनिबार प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पुरस्कार र सम्मान हुनेछ ।