झापा- बिर्तामोड नगरपालिकाले विपन्न जेष्ठ नागरिकलाई बिहीवार न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रमका बीच नगरले एकसय जनालाई व्लाङ्केट वितरण गरेको हो ।
सामाजिक विकास शाखाको वार्षिक कार्यक्रम अन्तर्गत नगरका १० वटै वडाबाट सिफारिस भएर आएका जेष्ठ नागरिकलाई व्लाङ्केट वितरण गरिएको नगरका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले विपन्न जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै नगरको तर्फबाट न्यानो कपडा वितरण गरिएको बताइन् । आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्दै मेयर प्रसाईले सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र खानपान, रहनसहनमा ध्यान दिन आग्रह गरेकी छन् ।
- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले मापदण्डका आधारमा व्लाङ्केट बितरण गरेको बताए । यो शीर्षकमा यो वर्ष दुई लाख रुपैयाँ मात्रै बजेट रहेको कारण सबैलाई समेट्न नसकिएको भन्दै उनले बाँकी रहेका विपन्न जेष्ठ नागरिकलाई अर्को वर्ष वितरण गर्ने जानकारी दिए ।
नगरपालिकाले व्लाङ्केट लिन आउने सबै विपन्न जेष्ठ नागरिकलाई जनही दुई सय रुपैयाँका दरले यातायात खर्च समेत दिएको छ । न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडाअध्यक्षहरु मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाई, अजय कार्की लगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो ।