बिर्तामोड– झापा जिल्ला सहकारी संघले साताव्यापी तालिम आयोजना गर्ने भएको छ । सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, व्यवस्थापक तथा कर्मचारीका लागि विभिन्न विषयमा संघले तालिम आयोजना गरेको हो ।
संघकी व्यवस्थापक सञ्जु देवानका अनुसार माघ २१ गतेदेखि तालिम सप्ताह सञ्चालन गर्न लागिएको छ । सहकारीकर्मीलाई विभिन्न चारवटा विषयमा संघले निशुल्करुपमा तालिम दिन लागेको व्यवस्थापक देवानले बताइन् ।
- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
सम्पत्ति र दायित्य व्यवस्थापन, सञ्चालक समितिको काम कर्तव्य र अधिकार, झापा कोप्स अभिमुखीकरण, वित्तिय स्थिरताका लागि जोखिम व्यवस्थापन लगायतका विषयमा विज्ञहरुले सहभागीलाई तालिम दिनेछन् ।