१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

झापाका सिडिओले पत्रकारसँग गरे छलफल



झापा–सरुवा भएर झापाको जिम्मेवारी सम्हालेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सोमवार पत्रकारसँग छलफल गरेका छन् । आफ्नै कार्यकक्षमा पत्रकार बोलाएर उनले सामूहिक छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रशासनिक सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने विषयमा आफू प्रतिवद्ध रहेको प्रजिअ पोखरेलले बताएका छन् । यसअघिका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तनहुँ सरुवा भएका थिए ।

पत्रकारसँगको छलफलमा सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल पनि सहभागी थिए । एसपी अर्याल पनि सरुवा भएर भर्खर झापा आएका हुन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार ००:००  ८ : २० बजे