७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एकपछि अर्काे लगानी थपिँदै : बिर्तामोडमा खुल्यो थकाली चुलो



बिर्तामोड-झापाको बिर्तामोडमा ६० लाख रुपैयाँको लगानीमा थकाली चुलो रेष्टुरेन्ट एण्ड लज खुलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत चिल्ड्रेन हस्पिटल जाने बाटोमा थकाली चुलो खुलेको हो ।

व्यवसायिक क्षेत्रमा संलग्न रहँदै आएका संगीता किरण राई र विवेक राई दम्पत्तिले थकाली चुलो सञ्चालनमा ल्याएका हुन् । उनीहरुको एकल पारिवारिक लगानीमा खुलेको थकाली चुलोमा स्पेशल थकाली खाना उपलब्ध छ । यसबाहेक फापरको परिकार पनि उपलब्ध हुने राईले बताइन् ।

बिहीवार बिर्तामोड वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले थकाली चुलो रेष्टुरेन्ट एण्ड लजको उद्घाटन गरेका छन् । उपाध्यक्ष न्यौपानेले ग्राहकको माग र आवश्यकताका आधारमा व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।

‘ग्राहकको सन्तुष्टिमा थकाली चुलोको व्यवसायिक सफलता निर्भर छ’, वरिष्ठ उपाध्यक्ष न्यौपानेले भने, ‘सबै होटल रेष्टुरेष्टले सफासुग्घर र गुणस्तरीय परिकार उपलब्ध गराउनु पर्छ ।’ उनले होटल व्यवसायको क्षेत्रमा लगानी थपिँदै गएको र यसले रोजगारी सिर्जना गर्न मुद्दत पुगेको बताए ।

राई दम्पत्ति १७ वर्ष दुवईमा बसेर स्वदेश फर्किएका हुन् । काठमाडौँ स्थायी घर भएका उनीहरुले बिर्तामोडलाई कर्मथलो बनाउने निश्चय गरेर होटल व्यवसायको क्षेत्रमा लगानी गरेका छन् । यद्यपि, उनीहरु यो व्यवसायमा नयाँ हुन् ।

उद्घाटनका अवसरमा उपभोक्ता जागरण अभियानका सचिव विशाल थापा, बीरता जेसीजका पूर्व अध्यक्ष राजीव धिमाल, वाणिज्य संघका सचिव कुशल खतिवडा लगायतले राई दम्पत्तिलाई व्यवसायिक सफलताको शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार ००:००  ९ : ४८ बजे