७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आज सरस्वती पूजा



बिर्तामोड-विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज सरस्वती पूजा मनाइँदैछ । बसन्त पञ्चमीका नामले पनि यसलाई चिनिन्छ । आज आफ्ना नानीबाबुहरुलाई अक्षरारम्भ गराउने प्रचलन छ ।

विद्यालयहरुमा आज विशेष रमझम छ । आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलफूल प्रसादका रुपमा बाँडिन्छ ।

आफ्ना सिर्जना र शब्दको पूजागर्ने विशेष दिनका रुपमा पनि सरस्वती पूजालाई लिने गरिन्छ । सिर्जनाका औजारहरु कलम, मसी, किताव कपीको पनि आज पूजा गरिन्छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार ००:००  ५ : २९ बजे