१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भन्सार छलेर ल्याइएको औषधि काँकडभिट्टाबाट बरामद




मेचीनगर-अवैधरुपमा भारतबाट ल्याइएको औषधि शनिवार साँझ प्रहरीले बरामद गरेको छ । मेचीनगर–६ को मेची खोलाबाट प्रहरीले औषधि बरामद गरेको हो ।

भन्सार छलेर ल्याइएको ७० हजार मूल्य बराबरको औषधि बरामद गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । बरामद औषधि विराटनगरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा बुझाउने जनाइएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार ००:००  ७ : ०१ बजे