६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

भूमिहीनका लागि धनीपूर्जा बाँड्दै कनकाई नगरपालिका




कनकाई-झापाको कनकाई नगरपालिकाले भूमिविहीनका लागि धनीपूर्जा वितरण सुरु गरेको छ । नगरपालिकाले वडागत रुपमा जग्गा धनीपूर्जा बाँड्न थालेको हो । पहिलो चरणमा कनकाई–८ का २७ घर परिवारले धनीपूर्जा पाएका छन् ।

भूमि शाखा संयोजक रञ्जिता कट्टेलका अनुसार नगरमा बसोवास गर्नेमध्ये सात हजार ९१ जनाले जग्गाधनी दर्ता प्रमाण पूर्जाका लागि आवेदन दिएका छन् ।

तीमध्ये पहिलो चरणमा २० जना भूमिहीन सुकुम्वासी र सातजना अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको हो ।

नौ वटा वडा रहेको कनकाईमा सबैभन्दा धेरै वडा नम्वर–४ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी छन् । यो वडाबाट एक हजार सात सय ४९ जनाले जग्गाधनी प्रमाण पूर्जाका लागि आवेदन दिएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार ००:००  ८ : ४१ बजे