१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बुट्टावारीमा डीन झापाको भवन निर्माण कार्य सुरु



बिर्तामोड- झापाको बुट्टावारीमा डिप्लोमा इञ्जिनियर्स एशोसिएसन नेपाल (डीन) जिल्ला समिति झापाको भवन निर्माण कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका–६ मा रहेको एक कठ्ठा जग्गामा डीनले आफ्नो कार्यालय भवन बनाउन लागेको हो ।

बुधवार भवनको शिलान्यास गरिएको छ । डीनका सल्लाहकार सदस्य नारायण भट्टराईले भवन शिलान्यास गरेका हुन् । विकास निर्माण सेवा मेचीनगर १० ले भवन निर्माणको ठेक्का लिएको छ ।

सहरी विकास तथा भवन कार्यालय इलामले भवन निर्माणको ठेक्का लगाएको हो । बैदिक विधिपूर्वक भवनको पिलर राख्ने काम गरिएको छ । भवन निर्माणको लागि प्रदेश १ सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको डीन झापाका अध्यक्ष सडकलाल राजवंशीले बताए ।

डीनका लागि झण्डै सात वर्ष अगाडि समाजसेवी गोपीकृष्ण प्रसाईले जग्गा निशुल्क उपलब्ध गराएका थिए । ३६ लाख ४७ हजार रुपैयाँमा भवन निर्माणको ठेक्का लागेको अध्यक्ष राजवंशीले बताए ।

असार मसान्तभित्र भवनको निर्माण कार्य पूरा गर्नु पर्ने शर्त छ । १३ सदस्यीय कार्य समिति रहेको डीनमा १३१ जना सदस्य छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार ००:००  ८ : ४८ बजे