बिर्तामोड- सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएकी बिर्तामोड निवासी सुष्मा पौडेलले झापाको बिर्तामोड–९ विराटपोखरमा रहेको ‘विराट भरत विश्रान्ती’ लाई जन्मदिनको अवसर पारेर एकलाख रुपैयाँ हस्तान्तरण गरेकी छन् ।
मंगलवार जन्मदिन मनाइरहँदा पौडेलले विराट भरत विश्रान्तीलाई उक्त रकम सहयोग गरेकी हुन् । बीरता लेडी जेसीजकी पूर्व अध्यक्ष समेत रहेकी पौडेल सेवामुखी अनेक सामाजिक अभियानमा निरन्तर सक्रिय छिन् ।

व्यवसायिक क्षेत्रमा पनि उनको अग्रसरता छ । जन्मदिनलाई विशेष बनाउँदै उनले विराट भरत विश्रान्तीलाई एकलाख रुपैयाँ सहयोग गरेकी हुन् ।
महिलाहरुले सीप तथा क्षमता विकास गर्दै उद्यमशीलतामा अगाडि बढ्नु पर्छ भन्ने धारणालाई आत्मसात गर्दै आएकी पौडेलले महिला, बालबालिका र वृद्धबृद्धाका लागि सहयोग गर्न आफू सधैँ तयार रहेको बताइन् ।

मंगलवार बिर्तामोडको तारा नमस्ते बालग्राममा आश्रित बालबालिकासँग जन्मदिन मनाएकी पुगेकी उनले त्यहाँ पनि न्यानो कपडा वितरण गरेकी छन् । श्रीमान पदम पौडेलसहित पुगेकी सुष्माले बालबालिकालाई न्यानो कपडा, टोपी, मोजा, तौलिया, तन्ना, झुललगायतका सामग्री प्रदान गरेकी छन् ।
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
- परियारले सम्हाले सचिवको कार्यभार
- झापामा लागूऔषधविरुद्ध अभियान सुरु
पौडेल जेसीजका पदाधिकारीसहित सहयोग सामग्री लिएर बालग्राममा पुगेकी थिइन् । बालग्राममा १८ जना भन्दाबढी बालबालिका आश्रित छन् । बालग्राम व्यवस्थापनले उनीहरुको रेखदेख र संरक्षण गर्दै आएको छ ।
जन्मदिनमा अन्यत्र गरिने खर्च बालबालिकाको हितमा खर्चिएको पौडलले बताइन् । उनले बालबालिकासँग आफ्नो खुशी साट्ने मौका मिलेको जनाउँदै आगामी दिनमा पनि रचनात्मक सहयोग गर्ने बताइन् ।



















