बिर्तामोड-मेचीनगर नगरपालिकामा नयाँ कार्यकारी अधिकृत आउने भएका छन् । पाँचथरको फिदिम नगरपालिकाबाट गणेश दाहाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउने भएका हुन् । दाहाल यसअघि बिर्तामोड नगरपालिकाबाट फिदिम सरुवा भएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मेचीनगरका जनप्रतिनिधि आक्रामक रुपमा प्रस्तुत भएपछि उनको विकल्प खोज्न थालिएको थियो । अन्तत चौलागाईलाई अपमानजनक ढंगले मेचीनगरबाट बिदा गरिएको छ ।
- प्रहरीसँगको भिडन्तमा २९ जना माओवादीको मृत्यु
- डाक्टर सन्दुक रुइतलाई पाँच लाख रूपैयाँ राशिको पुरस्कार
- पत्रकार ढकाल पुरस्कृत
- कालिका सामुदायिक वन परिसरमा हात्ती मृत फेला
- विद्युतीय तारबार व्यवस्थापनको कामबाट बाहिरियो राष्ट्रिय प्रकृति संरक्षण कोष
चौलागाईलाई प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनको सरुवासँगै दाहालले कार्यभार सम्हाल्ने निश्चित भएको हो ।
यद्यपि, मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृतलाई किन टिक्न दिइँदैन भन्ने विषय आम सवाल बनेको छ । यसअघि आएका प्रमुख प्रशासकीय अधिकृतको श्रृंखलावद्ध बहिर्गमनले पनि मेचीनगरको प्रशासनिक काममा हुने गरेको लफडाबाजी प्रष्ट हुन्छ ।