झापा–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । नेपालमा भएको जहाज दुर्घटनाबाट आफू मर्माहत भएको उनले सामाजिक सञ्जालमा लेखेका हुन् ।
सामाजिक सञ्जालमार्फत मोदीले भनेका छन्, ‘ भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।’
- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
पोखरामा आइतवार बिहान यति एयरलाइन्सको विमान दुर्घटना भएको थियो । चालक दलका चार सदस्यसहित ७२ यात्रु रहेको विमानमा ६९ जनाको शव फेला परेको छ । विमानमा पाँच भारतीय पर्यटकसमेत थिए ।