बिर्तामोड–विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गर्दै बीरता लेडी जेसीजको नयाँ नेतृत्वले समुदाय केन्द्रीत कार्यक्रम सुरु गरेको छ ।
नवनिर्वाचित अध्यक्ष संगीता गिरी नेतृत्वको बीरता लेडी जेसीजले सेवामुखी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर संस्थागत योजनाको कार्यान्वयन सुरु गरेको हो ।
मानवताको सेवालाई जेसीज अभियानले सर्वाेत्तम कार्य मान्दै आएको छ । अभियानको उद्देश्य अनुरुप बीरता लेडी जेसीजले आफूलाई सामाजिक कार्यमा सहभागी गराउँदै आएको अध्यक्ष गिरीले बताइन् ।
पदभार ग्रहण गरेलगत्तै लेडी जेसीजका पदाधिकारी शुक्रवार न्यानो कपडा बोकेर झापाको बाह्रदशी–५ स्थित घोडामारा आधारभूत विद्यालय पुगेका छन् ।
- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच लेडी जेसीजको अग्रसरतामा विपन्न समुदायका ७५ जना बालबालिकालाई न्यानो कपडा बाँडिएको छ ।
बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर हस्पिटलको सहयोगमा लेडी जेसीजले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । न्यानो कपडा पाएपछि उक्त विद्यालयका विद्यार्थी दंग परेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले बालबालिकालाई सहयोग गर्न पाउँदा लेडी जेसीज हर्षित भएको बताइन् । सेवामुखी काममा आफूलाई सधैँ समर्पित गर्ने बताउँदै अध्यक्ष गिरीले सहयोगी सबैलाई धन्यवाद पनि दिएकी छन् ।

नेपाल जेसीजका निरुपित उपाध्यक्ष अनुप सुनुवारको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालबहादुर राजवंशी, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् स्पीक कर्नरका सम्पादक सुब्रत न्यौपाने, लेडी जेसीजकी पूर्व अध्यक्ष कञ्चना सिटौला, बाह्रदशी जेसीजका अध्यक्ष पुष्प धमला, वडा सदस्य जयप्रसाद तिम्सिना लगायतले बोलेका थिए ।
कार्यक्रममा लेडी जेसीजकी पूर्व अध्यक्ष नैनकला भट्टराई, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सूर्यकुमार खतिवडा, सञ्चालक सदस्य लक्ष्मीप्रसाद घिमिरे, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

उपाध्यक्ष मुना ढुंगेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा संगीता सुवेदीले जेसीज आस्था बाचन गरेकी थिइन् । अर्चना राउतले मिसन भिजन प्रस्तुत गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष मेनुका ओलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
बीरता लेडी जेसीजकी महासचिव निशा शाक्यले सञ्चालन गरेको कार्यक्रममा लेडी जेसीजका मानार्थ सदस्यहरु समेतको सहभागिता रहेको थियो ।