१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सामाजिक अभियन्ता घिमिरे सम्मानित



बिर्तामोड– सामाजिक अभियन्ता दुर्गा घिमिरे सम्मानित भएकी छन् । झापाको बिर्तामोडमा शुक्रवार आयोजित कार्यक्रममा घिमिरेलाई सम्मान गरिएको हो । एवीसी नेपालको अग्रसरतामा ३२ भन्दाबढी संघसंस्थाले घिमिरेलाई सम्मान गरेका हुन् ।

हिंसा र बेचबिखन तथा मानव ओसारपसारविरुद्धको अभियानमा चारदशकदेखि घिमिरे सक्रिय छिन् । उनलाई कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले दोसल्ला ओढाएर सम्मान गरेकी छन् ।

कार्यक्रम एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकालको अध्यक्षता भएको हो । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख रूगमबहादुर कुवँरको पनि कार्यक्रममा आतिथ्य थियो ।

घिमिरेको व्यक्तित्वबारे नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतमले प्रकाश पारेकी थिइन् भने आयोजक नारी सञ्चार गृहकी सदस्य स्वस्तिका आचार्यले सम्मान पत्र वाचन गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि मेयर प्रसाईले हिंसा सहेर बस्ने बानी नहटेसम्म कुनै पनि प्रकारको हिंसा अन्त्य नहुने बताइन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार ००:००  ८ : ३५ बजे