८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

क्यान झापाको पहिलो बैठकबाट जिम्मेवारी बाँडफाँड



बिर्तामोड- कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको मंसीर १७ मा सम्पन्न जिल्ला अधिवेशनबाट चयन गरिएको नयाँ नेतृत्वले जिम्मेवारी बाँडफाँड गरेको छ । पहिलो बैठकले आवश्यकता अनुसारका जिम्मेवारी तोकेको हो ।

अधिवेशनले तेजस्वी कम्प्युटर सपोर्टका प्रोपाइटर कृष्णप्रसाद घिमिरेलाई अध्यक्षमा चयन गर्दै र आठ जनालाई सदस्यमा सर्वसम्मत निर्वाचित गरको थियो । क्यानको विधानमा शाखाको पहिलो बैठकबाट पदाधिकारीहरु तोक्ने तथा सदस्यहरु मनोनयन गर्ने व्यवस्था छ ।

अध्यक्ष घिमिरेले विधानको व्यवस्था अनुसार जिम्मेवारी तोक्ने र मनोनयन गर्ने काम पहिलो बैठकबाट भएको बताए । जसअनुसार उपाध्यक्षमा रोशन बुढाथोकी, सचिवमा लोकप्रिय खनाल, कोषाध्यक्षमा विनोद श्रेष्ठ र सहसचिवमा योगेश राजवंशीले जिम्मेवारी पाएका छन् ।

क्यान झापाको सदस्यमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ पदेन रहेका छन् भने अध्यक्षले मनोनयन गर्ने एकज जना सदस्यमा जेनिशा पोखरेललाई चुनिएको छ ।

अब क्यान झापाको कार्यसमिति ११ सदस्यीय भएको छ । जसअनुसार सदस्यहरुमा पंकज पोखरेल, सुशिल कडरिया, खगेन्द्र मिश्र र विनोद खनाल रहेका छन् । कडरिया, मिश्र र खनाल स्थानीय तहका आइटी अफिसरहरु हुन् ।

बैठकले क्यान महासंघको केन्द्रीय प्रतिनिधिमा केन्द्रीय सदस्य भुपेन्द्र मैनाली र प्रदेश समितिका सचिव रोशन दाहाललाई जिम्मेवारी दिएको अध्यक्ष घिमिरेले जनाएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार ००:००  ९ : ३२ बजे