७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बिर्तामोडको भगवान् चोकमा खुल्यो अर्को ‘पिज्जा घर’ : व्यवसायमा खरेल र ढुङ्गानाको फड्को



नाम एउटै छ । काम पनि एउटै छ । उमेर पनि मिल्दोजुल्दो । व्यवसायिक क्षेत्रमा ठमठमी हिँडिरहेका बिर्तामोडका युवा व्यवसायी याम खरेल र याम ढुङ्गाना नयाँ काम गर्न रुचाउँछन् । स्थानीय आवश्यकताका आधारमा उनीहरु बजार सर्वेक्षण गर्छन् र त्यही अनुसारको लगानी र जनशक्ति जुटाउँछन् ।

बिर्तामोडका दुई युवा व्यवसायीले संयुक्त लगानीमा पाँचवर्ष अगाडि शनिश्चरे रोडमा ‘पिज्जा घर’ खोले । काठमाडौँमा लोकप्रिय हुँदै गरेको पिज्जाले बाहिरका ठूला सहरमा भर्खर भर्खर आफ्नो प्रभाव जमाउँदै थियो । पिज्जाका पारखीले बिर्तामोडमा नयाँ स्वाद मात्रै पाएनन्, पिज्जाको अन्तर्राष्ट्रिय ब्राण्ड सरह ‘भेराइटिज’ पाए ।

पश्चिमा देशमा खाना वा खाजा जे भने पनि पिज्जामा आकर्षण छ । नेपालमा पनि पिज्जा मन पराउनेको संख्या बढ्दै छ । युवा पुस्ता पिज्जामा रमाउँछ । पिज्जाको स्वादमा पल्किएकाहरु कुनै न कुनै बेला शनिश्चरे रोडमा रहेको ‘पिज्जा घर’ आइरहकै हुन्छन् । पिज्जाका पारखीले बिर्तामोडमा नयाँ स्वाद र फ्लेवरमा पिज्जा खान पाइरहेका छन् ।

उपभोक्ताको चाहना बुझ्न माहिर यी दुई ज्वाई जेठानले पिज्जा घरको अर्काे ब्रान्चमा हात हाले । अहिले बिर्तामोडको भगवान् चोकमा खाद्य संस्थान अगाडि अर्काे पिज्जा घर खुलेको छ । एकपछि अर्काे सफलताले ‘पिज्जा घर’ खुलेको हो । पिज्जा घरको फ्रेन्चाइजलाई मुख्य सहरमा देशव्यापी विस्तार गर्ने योजना रहेको सञ्चालक खरेल सुनाउँछन् । उनका अनुसार पिज्जा घरमा अढाई करोडको लगानी छ ।

‘पिज्जा घरको आकर्षक सजावटले आउने जानेको मन लोभिन्छ’, सञ्चालक खरेलले भने, ‘त्यसमाथि पनि उपभोक्तालाई पिज्जाको स्वादले आकर्षण नगर्ने कुरै भएन ।’ नेपाल भित्रिने पर्यटकको रोजाईमा पनि पिज्जा पर्ने गर्छ । पश्चिमा देशका पर्यटकको भरपर्दाे खाजा वा खाना भनेको पिज्जा पनि एक हो । पिज्जाका धेरै ‘भेराइटिज’ छन् ।

भेज ननभेज दुवैमा पिज्जा उपलब्ध हुने अर्का सञ्चालक याम ढुङ्गाना बताउँछन् । बर्गर, पास्ता, सेन्डवीच, विर्यानी लगायतका खाद्य परिकार पनि पिज्जा घरमा पाइन्छन् । ‘हाम्रो स्पेशल ब्राण्ड भनेको पिज्जा हो’, सञ्चालक ढुङ्गानाले भने, ‘चिकनका परिकारलाई पनि हामी उत्तिकै महत्व दिन्छौँ ।’

विदेशमा सिकेको सीपलाई व्यवहारिक प्रयोगमा ल्याएका सञ्चालक खरेल मेहनती स्वभावका छन् । खरेलले धेरै देशका सहकर्मीको सीप तथा मेहनत अन्तर्राष्ट्रियस्तरको डोमिनस पिज्जामा काम गर्दा देखे । लामोसमय काम गरेर नेपाल फर्किएका उनले अहिले यसैमा आफ्नो व्यवसायिक सीप र लगानी खन्याएका छन् ।

‘बजारमा पिज्जाको अधिकतम् माग छ’, सञ्चालक खरेलले भने, ‘उपभोक्ताले रुचाएको पिज्जाको परिकारलाई अन्तर्राष्ट्रिय मापदण्ड र स्वादमा बेचिरहेका छौँ ।’ पारिवारिक वातावरणको पिज्जा घरमा पार्किङको पनि राम्रो सुविधा छ । अझ उपभोक्ताले पिज्जा घरको किचन आफैँ हेर्न पाउँछन् ।

पिज्जा घरमा छुट्टै स्मोकिङ जोन पनि छ । उपभोक्ताले बर्थडे हल÷सेमिनार हल (४०–५० जना) को सुविधा पनि पाउँछन् ।
व्यवसायिक क्षेत्रमा युवाको सहभागिता बढ्नु पर्ने खरेलको धारणा छ । उनी बिदेशबाट फर्किएका युवाको सीप तथा क्षमतालाई पहिचान गरेर सरकारले रोजगारी र आय आर्जनका काममा लगाउनु पर्ने बताउँछन् ।

‘व्यवसायिक क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने सरकारी नीतिको खाँचो छ’, कफी गफमा खरेलले भने, ‘लगानीले मात्रै हुँदैन्, सीप तथा क्षमता पनि मुख्य कुरा हो ।’ उनले युवाको बढ्दो विदेश पलायन रोक्ने नीति सरकारले लिनुपर्ने बताए । खरेल र ढुङ्गानाको व्यवसायिक साझेदारी यात्राले पिज्जा घरमा अहिलेसम्म ३० जनालाई रोजगारी दिएको छ । त्यसमा आश्रित परिवारलाई हेर्ने हो भने यो संख्या दोब्बर हुन्छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार ००:००  १० : ३१ बजे