संविधानसभा सदस्य शिवाकोटी भन्छन्, ‘अब पुरानो नेतृत्व पाखा लाग्छ’
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड–नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटीले मुलुकले राजनीतिक नेतृत्व परिवर्तन गर्न खोजेको बताएका छन् ।
शुक्रवार बिर्तामोडमा नेपाली कांग्रेसका गाउँ–नगर एवम् वडा सभापतिहरुसँगको निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै शिवाकोटीले यस्तो धारणा राखेका हुन् ।
लोकतान्त्रिक–बाम गठबन्धन क्षेत्र नम्वर २ निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका शिवाकोटीले अबको पाँचबर्षमा पुरानो नेतृत्व आफैं पाखा लाग्ने स्थिति रहेको बताए । ‘यसबर्ष पुरानो र नयाँको संयोजनमा नै सरकार गठन हुने सम्भावना बढी देखिएको छ’, उनले भने ।
निर्वाचन परिचालनमा नेपाली कांग्रेसका वडा सभापतिले खेलेको सक्रिय भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दै नेता शिवाकोटीले संगठनमा केही विचलन देखिएकाले पुनर्संरचना जरुरी रहेको बताए ।