एवीसी नेपालले दियो कारागारका महिलालाई कपडा र पुस्तक
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
भद्रपुर– हिंसा पीडित महिला हक अधिकारका क्षेत्रमा काम गर्दै आएको एबीसी नेपालले बिहीवार झापा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका महिला तथा बालबालिकालाई कपडा र पुस्तक प्रदान गरेको छ ।
संस्थाले महिलाका लागि साडी, बालबालिकाका लागि न्यानो कपडा र जीवनोपयोगी पुस्तक प्रदान गरेको हो ।
एबीसी नेपालको संयोजनमा र भद्रपुर नगरपालिका, कानूनी परामर्श केन्द्र ल्याक, साना हातहरु नामक संस्था लगायतको सहकार्यमा कैदी जीवन बिताइरहेका महिला र बालबालिकालाई कानूनी परामर्श सेवा पनि दिइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेलले कारागारभित्र रहेका महिलाको सीप विकासका लागि सहयोग गर्न नगरपालिका तयार बताए ।
जिल्ला कारागार झापामा ७१ जना महिला र ३ जना बालबालिका रहेका छन् । एबीसी नेपालले कारागारभित्र रहेका महिलाहरुलाई ब्याग सिलाउने तथा कपडा सिलाई–कटाई तालिम दिनुका साथै सिलाई मेसीन समेत प्रदान गरेको अध्यष कञ्चना सिटौलाले बताइन् ।