भद्रपुरमा ट्रिपरको ठक्करले बालिकाको मृत्यु
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
भद्रपुर– झापाको भद्रपुरमा ट्रिपरको ठक्करबाट बिहीवार साइकलमा सवार बालिकाको मृत्यु भएको छ । भद्रपुर–७ मेघाटोलकी ११ वर्षीया शिल्पा ऋषिदेवको मृत्यु भएको हो ।
ट्राफिक प्रहरीका अनुसार बिहीबार दिउँसो १२ बजे गार्मेट चोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नम्बरको ट्रिपरले साइकलमा सवार बालिकालाई अञ्जनीमोडमा ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी बालिकाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा अपरान्ह मृत्यु भएको हो । ट्रिपर चालक हल्दिबारी–२ २१ वर्षीय जितलाल राजवंशी लाई प्रहरीले पक्राउ गरेको छ ।