४२ औँ बिबाह उत्सवमा झापा नाटक घरलाई अग्रवाल दम्पत्तिको ५१ हजार सहयोग
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड– व्यवसायी सुरेशकुमार अग्रवाल भद्रपुरे र उनकी श्रीमती मायादेवी अग्रवालले बैबाहिक वार्षिकोत्सवको अवसरमा निर्माणाधीन झापा नाटक घरलाई ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।
अग्रवाल दम्पत्तिले बिहीवार ४२ औं विवाह उत्सवका अवसरमा नाटक घरलाई सहयोग गरेका हुन् । अनावश्यक खर्च गर्नुभन्दा समाजमा केही फरक तरिकाले मनाउँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने भद्रपुरेले बताए ।
मारवाडी सेवा समिति बिर्तामोडका निवर्तमान अध्यक्ष भद्रपुरेले श्रीमती मायादेवीसहित नाटक घरमा पुगेर रकम प्रदान गरेका छन् ।
विवाह उत्सव मनाउन झापा नाटक घर पुगेका अग्रवाल दम्पत्तिलाई क्षितिज नौमती बाजा व्यवस्थापन समितिका महिलाले नौमती बाजा बजाएर स्वागत गरेका छन् ।
मौलिक बाजागाजा र संस्कृतिको संरक्षण गरेको भन्दै अग्रवाल दम्पत्तिले क्षितिज नौमती बाजा व्यवस्थापन समितिका महिलालाई १० हजार रुपैयाँ सहयोग गरेको क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले बताए ।
कार्यक्रममा सहभागी रोटरी क्लव डिष्ट्रिक ३२९२ एडीसनल गर्भनर निकिता गिरीले अग्रवाल दम्पत्तिको सफल वैवाहिक जीवनको कामना गर्दै झापा नाटक घरलाई ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन् ।