विकास योजना अलपत्र पार्ने ठेकेदारलाई सांसद साँवाले दिए पहिलो चेतावनी
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
कनकाई– झापाको क्षेत्र नम्वर–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एलपी साँवाले विकास आयोजनामा ढिलासुस्ती र लापरवाही गर्ने ठेकेदार कम्पनीलाई नछोड्ने चेतावनी दिएका छन् ।
ठेक्का दिने र लिने बीचको मिलेमतोका कारण विकास योजना अलपत्र पर्ने गरेको बताउँदै सांसद साँवाले आफ्नो क्षेत्रमा खबरदारी गर्ने प्रारम्भिक प्रक्रिया थालेको बताए ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा सांसद साँवाले भने, ‘मैले आजैदेखि खबरदारी सुरु गरेको छु । अब विकास आयोजनामा ढिलासुस्ती गर्नेलाई कुनै हालतमा छोडिन्न ।’
सांसद साँवाले ठेकेदार कुन पार्टी र नेताको नजिक छ भनेर नहेर्ने बताउँदै समयमा काम सक्नुपर्ने बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा ठूला विकास आयोजना अलपत्र परेको पृष्ठभूमिमा सांसद साँवाको यस्तो चेतावनी आएको हो । उनले निर्माण कम्पनीको बद्मासीका कारण आफूहरु बद्नाम हुने परिस्थिति आएको बताउँदै अविलम्व रोकिएका काम थाल्न निर्देशन दिए ।
पार्टीका नेता कार्यकर्ताको विश्वास र भरोसा सधैँ जोगाइराख्ने बताउँदै सांसद साँवाले प्राप्त जनमतलाई शिरोधार्य गरेर काम गर्ने दृढता व्यक्त गरे ।
विपक्षी उमेद्वारले पाएको मतलाई समेत ध्यानमा राखेर साझा व्यक्तिका रुपमा आफूले भूमिका निर्वाह गर्ने जनाउँदै उनले विकासप्रतिको जनचाहनालाई कुठाराघात नगर्ने बताए ।