- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
बिर्तामाेड-सरकारले सार्वजनिकस्थलमा अनिबार्य रुपमा मास्क प्रयोग गर्न निर्देशन दिएको छ । भारत लगायतका छिमेकी देशमा कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर अनिबार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने जनाउँदै भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर सञ्जयकुमार ठाकुरले सबै किसिमका स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरिएको जनाएका छन् ।
मन्त्रालयले भीडभाड हुने स्थानमा विशेष सतर्कता अपनाउन समेत सार्वजनिक रुपमा अपिल गरेको छ । भारत र चीन लगायतका मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएपछि मन्त्रालयले खुला सीमामा भइरहेको आवतजावतमा समेत ख्याल गर्न निर्देशन दिएको छ ।


















