प्रतिदिन दैनिक १५ औँ वर्षमा

लायन्स क्लवका स्मार्ट लेडीले बाँडे पञ्चरत्नका विद्यार्थीलाई कपी

बिर्तामोड– लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले झापाको बिर्तामोड–२ स्थित पञ्चरत्न मावि चैतुवारीका विद्यार्थीलाई कपी वितरण गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच कपी वितरण गरिएको हो ।

क्लवकी अध्यक्ष पार्वता गिरीले विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्य राखेर कपी वितरण गरिएको बताइन् । संस्थाले सामाजिक अभियानमा हातेमालो गर्दै आएको जनाउँदै उनले यसप्रकारका सहयोगलाई निरन्तरता दिने जानकारी दिइन् ।

स्मार्ट लेडीको सहयोगमा १२० जना विद्यार्थीले कपी पाएका छन् । वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष गिरीले विद्यालयको बाल क्लवलाई पाँच हजार एकसय रुपैयाँ हस्तान्तरण गरेकी छन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले सरकारी विद्यालयलाई गरिवका छोराछोरी पढ्ने विद्यालयका रुपमा मात्र हेरेर हेप्न नहुने भन्दै शैक्षिक गुणस्तर सुधार्न मेहनतको खाँचो रहेको बताए ।

कार्यक्रममा प्रधानाध्यापक योगेन्द्रमणि दाहाल, लायन्सका एरिया चिफ सत्यनारायण शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओली, युवा सञ्चारकर्मी सरोज पौडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, विद्यालयका सल्लाहकार समितिका संयोजक धर्म लक्सम्बा, चाटर्स प्रेसिडेन्ट लीलादेबी मैनाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्सकी सचिव संगीता गिरीले गरेकी थिइन् ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *