सांसद लिङदेनले एकैदिन गरे तीनवटा पुल शिलान्यास
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड-प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले तीनवटा पुलको शिलान्यास गरेका छन् । राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले बुधवार एकैदिन झापाको हल्दीवारी गाउँपालिकामा पुल शिलान्यास गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनका अनुसार १ र ५ को भुतेनी खोला र भसुडी खोलाको दुई स्थानमा पक्की पुल बनाउन लागिएको हो ।
सारा सृष्टि निर्माण सेवा प्रालिले २०८१ मंसिर ५ भित्र सम्पन्न गर्ने गरी ४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा तीन वटा पुल निर्माणको ठेक्का लिएको अध्यक्ष लिङदेनले जानकारी दिए ।
भुतेनी खोलामा ४२.७ मिटरको एउटा र भुसुडी खोलामा २६.८ मिटर लम्बाइको दुई वटा पुल निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए ।
गाउँपालिका क्षेत्रभित्रका अन्तिम तीन वटा काठका पुल विस्तापित गर्दै पक्की पुल बनाउन लागिएको हो । शिलान्यास कार्यक्रममा प्रदेश सांसद छवि चुडाल पनि सहभागी थिए ।