बिर्तामोडका ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन बाख्रा तथा बंगुरका पाठा दिइँदै
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड- बिर्तामोड नगरपालिकाले बाख्रा तथा बंगुर पालनका लागि समूह छनोट गर्न अनुगमन गरेको छ । मेयर पकेट कार्यक्रम अन्तरगत नगरपालिकाले सोमवार महिला समूहको अनुगमन गरेको हो ।
मेयर पकेट कार्यक्रम अन्तरगत बाख्रा तथा बंगुर पालन गर्न आवेदन दिने महिला कृषक समूहको अनुगमन गरिएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् ।
वडा नम्बर ७ को नवज्योति महिला कृषि समूह, ८ मा रहेको नव जागरण बाख्रापालन कृषक समूह र ९ मा रहेको सम्झना महिला कृषक समूहको अनुगमन गरिएको छ ।
अनुगमनबाट छनोटमा परेका कृषक समूहलाई नगरपालिकाले बाख्रा तथा बंगुरका पाठा वितरण गर्ने पशुपंक्षी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।
छनोटमा परेका बाख्रापालन समूहले ४५ वटा र बंगुरपालन समुहले ३० वटा पाठा पाउने छन् । बाख्रापालन समूहलाई एउटा बीऊ बोका समेत वितरण गरिनेछ । नगरपालिकाले खोर निर्माण गर्न ३५ हजार रुपैयाँ दिँदै आएको छ ।