शनिश्चरे अस्पताललाई ५० लाखका स्वास्थ्य सामग्री हस्तान्तरण
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
अर्जुनधारा- स्वास्थ्य मन्त्रालयले झापाको शनिश्चरे अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मन्त्रालयले उपलब्ध गराएका भिडियो एक्सरे लगायतका स्वास्थ्य सामग्री अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देन र उपमेयर खड्गमाया पराजुलीले सोमवार अस्पताललाई हस्तान्तरण गरेका छन् ।
मेयर गोम्देनको पहलमा स्वास्थ्य मन्त्रालयबाट ती सामग्री प्राप्त भएका थिए । नगरपालिकाको स्वास्थ्य शाखाले शनिश्चरे अस्पताललाई सामग्री हस्तान्तरण गरेको हो ।
अस्पतालमा आयोजित कार्यक्रमका बीच ती सामग्री हस्तान्तरण गरिएका हुन् । स्वास्थ्य सेवालाई भरपर्दाे र प्रभावकारी बनाउँदै लैजाने नीति अनुसार सरकारले चिकित्सकीय सामग्री उपलब्ध गराएको हो ।
सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख गोम्देनले स्वास्थ्य उपकरणको उपलब्धताले सेवा अझै सहज हुने बताए । करिब ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।
विशेष गरेर १५ लाख ८९ हजारको पोर्टेबल युएसजी कलर डप्पलर, ५ लाख ३४ हजार बराबरको प्यासेन्ट मनिटर, २ लाख बराबरको आइस लाइन्ड रेफ्रिजेरेटर अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री प्राप्त भएका थिए ।