सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा- वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने गरी दलहरुले छलफल अगाडि बढाएका छन् । गठबन्धनलाई निरन्तरता दिएर जाने पक्षमा उभिएको नेपाली कांग्रेसले सत्ता साझेदार दलहरुसँगको छलफललाई अगाडि बढाएको छ ।
सत्ता साझेदारीका बिषयमा आज प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।
शीर्ष तहमा भएको छलफलमा गठबन्धनमा आवद्ध दलहरु बीचको सहकार्यलाई निरन्तरता दिने विषयमा कुरा भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए ।
नेताहरुले गठवन्धनका दलहरूको औपचारिक बैठक बोलाउने र साझा धारणा तय गर्ने सहमति गरेका छन् । नयाँ सरकार गठनका विषयमा शक्ति राष्ट्रहरूको चासो बढिरहेका बेला सत्ता साझेदार दल छलफलमा जुटेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले दिनअघि प्रधानमन्त्री देउवासँग भेट गरेका थिए ।