रवि नेतृत्वको पार्टीलाई झापामा साढे १० प्रतिशत मत
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा आफ्नो प्रभाव बलियो बनाउँदै लगेको प्राप्त मत परिणामले देखाएको छ ।
राजनीतिक उद्देश्य, अर्थ तथा परराष्ट्र नीति, शासकीय स्वरुप लगायतका कैयौँ मुद्दामा स्पष्ट दृष्टिकोण आइनसक्दै लामिछाने नेतृत्वको पार्टीप्रति जनताको आकर्षण देखिएको हो ।
निर्वाचन कार्यालयका अनुसार झापामा ६ लाख ६३ हजार मतदाता छन् । त्यसको ६७.२ प्रतिशत मत खसेको छ । खसेको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभाका पाँच उमेद्वारले ४६ हजार ६३४ मत प्राप्त गरेका छन् ।
झापा १ मा ओमनाथ भण्डारीले ८५६४ मत ल्याएका छन् । भण्डारी कुनै चर्चित अनुहार होइनन् । यद्यपि, उनको पक्षमा राम्रो मत खसेको छ । झापा २ मा उमेद्वार भएका रुद्रप्रसाद गिरीको चर्चा यसअघि कतै थिएन । उनले ८७८१ मत प्राप्त गरेका छन् ।
झापा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेद्वार भएका प्रकाश पाठकले भने अपेक्षा अनुसार मत पाउन सकेनन् । पूर्व सञ्चारकर्मी रहेका पाठकले ३४६१ ल्याए । झापा ४ मा उमेद्वार रहेका शम्भुप्रसाद ढकालले पनि राम्रो मत पाए ।
नेपाल प्रहरीका पूर्व कर्मचारी ढकाल तार्किक क्षमताका छन् । लेखनमा उत्तिकै सक्रिय रहँदै आएका ढकाललाई जनताले १४०६९ मत दिए ।
झापा ५ बाट उमेद्वार भएका सुरेशकुमार पोखरेललाई जनताले दिएको मत जीतका लागि पर्याप्त भएन । तर, पोखरेलले ११७५९ मत प्राप्त गरे ।