एमाले छोडेका अशोक राईलाई संसद छिर्न चाहियो एमालेकै सहारा
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड- नेकपा एमाले छोडेर जातीय पहिचानको मुद्दा उठाउँदै बैकल्पिक राजनीतिमा सक्रिय भएका अशोक राई अन्ततः एमाले नेता कार्यकर्ताले दिएको मतको बलमा संसद छिर्ने भएका छन् ।
नेकपा एमाले सँगको साइनो सम्बन्ध त्यागेर जनता समाजवादी पार्टीमा संगठित भएका राईले तेस्रोपटक संसद् छिर्नका लागि एमाले नेता कार्यकर्ताकै वैशाखी टेक्नु परेको हो ।
राजनीतिक संघर्षको लामो समय एमाले पार्टीको निर्माण, विस्तार र सांगठनिक सुदृढीकरणमा खर्चिएका राई उपाध्यक्षको पदीय जिम्मेवारी छोडेर पहिचानको मुद्दा उठाउँदै संघीय समाजवादी पार्टीतिर लागेका थिए ।
एक दशकअघि एमाले नेतृत्वले लिएको विचारसँग असन्तुष्टि र आक्रोश पोख्दै पार्टी छोडेका राईले अन्तत एमाले नेता कार्यकर्ताको साथ पाएका छन् ।
चुनावी तालमेल क्रममा सुनसरी १ बाट १७ हजार ५९ मत ल्याएर नेतालाई प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
२०४८ र २०५१ मा खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका राई २०७० को दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी पार्टीबाट समानुपातिक सदस्य चुनिएका थिए ।
एमालेभित्र विद्रोह गरेर अर्कातिर लागेपछि उनको राजनीतिक भूमिका कमजोर मात्रै भएको थिएन, उनी छायाँमा जस्तै थिए ।
नेकपा एमाले र जनता समाजवादी पार्टी बीचको तालमेलले अन्ततः उनलाई संसदीय राजनीतिको अभ्यासमा एकपटक सक्रिय हुने अवसर दिएको छ ।