रेखा खोलामा निर्माणाधीन पुलको अनुगमन
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
गरामनी- बिर्तामोड नगरपालिकाको टोलीले वडा नम्वर ७ र ८ को सीमानामा पर्ने रेखा खोलामा निर्माणाधीन पुलको अनुगमन गरेको छ । आइतवार नगरप्रमुख पवित्रा महतारा प्रसाई नेतृत्वको टोलीले पुलको अनुगमन गरेको हो ।
टोलीमा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा सदस्य अग्निप्रसाद सिटौला लगायतको सहभागिता रहेको थियो । रेखा खोलामा पुल नहुँदा स्थानीयले आवतजावतमा समस्या व्यहोर्दै आएका छन् ।
एनके कन्ट्रक्सन कम्पनीले ३७ लाख ७३ हजार रुपैयाँमा पुल निर्माणको ठेक्का पाएको छ । पुल ९.२० मिटर लम्बाई र ६ मिटर चौडाईको बनाउन लागिएको छ ।