प्रतिदिन दैनिक १५ औँ वर्षमा

यी हुन् संसदीय राजनीतिको अभ्यासबाट पाँच वर्ष किनारा लागेका सांसद


झापा– संसदीय राजनीतिको अभ्यासबाट यसवर्ष ६० जना सांसद बाहिर रहने भएका छन् । निर्वाचन परिणामले उनीहरूको संसदीय यात्रालाई आगामी पाँच वर्षका लागि पूर्णविराम लगाइदिएको हो ।

राजनीतिको माथिल्लो जिम्मेवारीमा रहेका मुख्य नेता पनि निर्वाचनमा पराजित भएका छन् । सत्तारूढ दलका शक्तिशाली नेतालाई समेत निर्वाचन परिणामले अस्वीकृत गरिदिएको छ ।

संसदीय राजनीतिमा लामो अनुभव भएका, पार्टीको जिम्मेवारीमा माथिल्लो हैसियत प्राप्त गरेका, प्रादेशिक तहमा मुख्यमन्त्री र मन्त्री भइसकेका नेताहरु यसपटक पराजय बेहोर्न बाध्य भएका हुन् ।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटक चुनाव जित्न सकेनन् ‌। उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली पनि पराजित भए ।

प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले पनि चुनाव जित्न सकेनन् । निवर्तमान सांसद देवेन्द्रराज कँडेल, नवराज सिलवाल, निरुदेवी पाल, भानुभक्त ढकाल लगायतका नेताका लागि यसवर्ष संसद् प्रवेशको ढोका बन्द भएको छ ‌।

कांग्रेस नेता एवम् बहालवाला गृहमन्त्री बालकृष्ण खाँडलाई पनि यस पटकको निर्वाचन अफावसिद्ध भयो ‌। समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि यसपटक चुनाव हारे ।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि यसपटक संसद छिर्ने अवसर जुरेन ‌। समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पनि चुनाव हारिन् ।

पूर्व सभामुख ओनसरी घर्तीका लागि पनि चुनावी परिणाम निराशाजनक निस्कियो । कांग्रेस नेतृ सुजाता कोइरालालाई पनि यो निर्वाचनले संसद प्रवेशमा धक्का लगाएको छ ‌।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *