८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बिर्तामोडको होटल रेष्टुराँको क्षेत्रमा नयाँ आयाम : ढकालले खोले डेढ करोड लगानीमा नैवेद्य



बिर्तामोड- विदेश बस्दाको सीपलाई स्वदेशमा प्रयोग गर्दै आएका युवा व्यवसायी राजु ढकालले डेढ करोड रुपैयाँको लगानीमा नैवेद्य रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । एकपछि अर्काे व्यवसायिक योजनामा ढकालले हात हालेका हुन् ।

होटल रेष्टुराँको व्यवसायिक क्षेत्रमा नयाँ आयाम थपिने गरी युवा व्यवसायी ढकालले एकल लगानीमा नैवेद्य सञ्चालन गरेका छन् । गणपति बेकर्सका सञ्चालक समेत रहेका ढकालले पारिवारिक वातावरणको रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको बताए ।

बिर्तामोड–५ सुगम पेट्रोलपम्प उत्तरमा उनको बेकर्स सञ्चालनमा छ । वेकर्ससँगै जोडिएको भवनमा रेष्टुरेष्ट खुलेको हो । आर्कषक संरचनाको सजावटले रेष्टुरेष्ट साँच्चिकै मनमोहक छ ।

सबै उमेर समूहको सहभागिता र उपस्थिति रहन सक्ने गरीको वातावरण रेष्टुरेष्टमा छ । लामो समय अष्ट्रेलिया बसेका ढकाल वेकरी उत्पादनमा सक्रिय रहँदै आएका छन् । गणपति वेकर्सको व्यवस्थापनमा अहिले दी क्याफे पनि सञ्चालनमा छ ।

नयाँ खुलेको नैवेद्य रेष्टुरेष्टमा १७ जनाले रोजगारी पाएका छन् । खानपानमा विविधता हुने गरीका परिकार रेष्टुरेष्टमा उपलब्ध रहेको ढकालले बताए । नैवेद्यले उद्घाटनका अवसरमा सोमवारदेखि साताव्यापी प्रवद्र्धन अभियान पनि सुरु गर्ने भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार ००:००  ८ : ०० बजे