७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कलकत्तामा मंसिर २२ देखि सुन्तला महोत्सव




बिर्तामोड- भारतको कलकत्तामा मंसिर २२ देखि तीनदिने सुन्तला महोत्सव आयोजना हुने भएको छ । आइतबार बाहुनडाँगीमा एसोसिएसन फर कञ्जरभेसन एण्ड टुरिजमका नेपाल संयोजक अर्जुनकुमार कार्कीले पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएका हुन् ।

सन् २०१३ देखि भारतको कलकत्तामा सुन्तला महोत्सव आयोजना हुँदै आएको छ । कोरोना संक्रमणका कारण तीन वर्षदेखि नेपाली टोली महोत्सवमा सहभागी हुन सकेको थिएन ।

कलकत्ताको सल्टेक सिटिसेन्टरमा महोत्सव हुने कार्कीले बताए । महोत्सवमा नेपाल, भारत, भुटान र बंगलादेशको सहभागिता रहने छ । कृषि उत्पादनको बजारीकरणलाई ध्यानमा राखेर महोत्सव आयोजना गरिएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार ००:००  ६ : ५० बजे