सडक किनाराको पिलरमा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड–सडक किनाराको पिलरमा मोटरसाइकल ठोकिँदा तेह्रथुमका एक युववको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङ असुवाका ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले शनिबार साँझ को २१ प ४२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताए । मोटरसाइकलमा सवार लिम्वू घाइते भएका थिए ।
म्याङलुङस्थित दशगते पार्कको सडक किनाराको पिलरमा मोटरसाइकल ठोकिएको हो । घटनापछि लिम्वूलाई उपचारका लागि धरान लगिएको थियो । अस्पताल पुग्न नपाउँदै उनको मृत्यु भएको हो ।