प्रचण्डले भारतीय राजदूत नविन श्रीवास्तवलाई किन भेटेका होलान् ?
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा–निर्वाचन परिणाम आइरहँदा कसको नेतृत्वमा सरकार बन्छ भन्ने चौतर्फी चासो छ । अझ छिमेकी मुलुक भारतले नेपालको निर्वाचनलाई चासोपूर्वक हेरिरहेको छ ।
दलहरुबीच नयाँ सत्ता समीकरण बन्ने बढ्दो सम्भावनाका बीच भारतले थप चासो राखेको हो । निर्वाचन परिणाम पूर्णरुपमा प्राप्त नहुँदै भारतीय दूतावासले नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिएको छ ।
शुक्रवार नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । देउवासँगको भेटपछि आज बिहान भारतीय राजदूत श्रीवास्तव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् ।
प्रचण्ड निवासमा यी दुईबीच छलफल भएको छ । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
प्रचण्ड र श्रीवास्तवको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दलहरु बीच सत्ता साझेदारीका विषयमा प्रारम्भिक छलफल हुनुपूर्व भारतीय राजदूत श्रीवास्तवको सक्रियता बढेको हो ।