७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बिर्तामोडमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु




बिर्तामोड– धान लोड भएको ट्रयाक्टर पल्टिदा आज साँझ झापाको बिर्तामोड–९ कञ्चन टोलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–९ का ७२ वर्षीय बुद्धराज श्रेष्ठ छन् ।

धान बोकेर आउँदै गरेको प्र१–०१–००१त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ००:००  ८ : ०० बजे