७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

काङ्ग्रेस माओवादी नक्कली मीत : एमाले अध्यक्ष ओली



झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि सत्ता गठबन्धनको सहकार्यमा अनपेक्षित धक्का लाग्ने बताएका छन् । झापाको सुरुङगामा आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

एमालेविरुद्ध काङ्ग्रेसले माओवादी उपयोगिताको नीति लिइरहेको भन्दै अध्यक्ष ओलीले भने, ‘सत्ता प्राप्तिका लागि नक्कली मित लगाएर नेपाली काङ्ग्रेसले माओवादी केन्द्रलाई काँधमा बोकेर हिँडिरहेको छ ।’

‘एमालेको सरकार आए रेल प्रभावितलाई मुआब्जा’
सतासीधाम–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार आएपछि पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि प्रभावित जग्गाधनीलाई उचित मुआब्जा बितरण गर्ने बताएका छन् । झापाको शिवगञ्जमा आज आयोजित चुनावी सभामा अध्यक्ष ओलीले प्रभावितलाई मुआब्जा दिन एमालेले ढिलाई नगर्ने बताए ।

‘देश बनाउने स्पष्ट कार्यदिशा र भिजन एमालेसँग मात्रै छ’, चुनावी सभामा अध्यक्ष ओलीले भने, ‘अब एमालेको सरकार आएपछि उचित मुआब्जा दिएर पूर्व पश्चिम रेलमार्ग निर्माणको काम थाल्छौँ ।’ समृद्ध नेपाल बनाउने अभियानमा हातेमालो गर्न एमालेमा आउन सधैँ ढोका खुल्ला रहेको अध्यक्ष ओलीले बताए ।

द्वन्द्वकालमा माओवादीले काङ्ग्रेसका सयौँ कार्यकर्ताको हत्या गरेको जनाउँदै एमाले अध्यक्ष ओलीले आफैँलाई बम हान्ने माओवादी नेतालाई काङ्ग्रेसले सधैँ बोकेर हिँड्न नसक्ने बताए ।

लामो समय सत्तामा बसेको काङ्ग्रेसले विकासका नाममा कुनै एउटा उल्लेखनीय काम नगरेको दावी गर्दै एमाले अध्यक्ष ओलीले राम्रो कुनै काम गरेको भए देखाउन चुनौति पनि दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार ००:००  ७ : १५ बजे