- जन्मदिनमा क्यान्सरपीडितलाई भट्टराईको सहयोग
- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
बिर्तामोड- झापाको क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उमेद्वार कुमार भट्टराईले चुनावी प्रचार अभियानलाई तीब्र बनाएका छन् ।
राजनीतिमा असल संस्कारको खाँचो रहेको अवस्थामा भट्टराईले आफ्नो चुनावी अभियानलाई समर्थक र शुभेच्छुकसँग निरन्तर जोडिरहेका हुन् ।
गठबन्धनका नाममा कांग्रेसले माओवादलिाई बोकेपछि असन्तुष्ट भएका भट्टराई स्वतन्त्ररुपले चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट हरिकमुार राना र एमालेका तर्फबाट देवराज घिमिरेसँग उनी आमनेसामने हुन लागेका हुन् ।
स्वतन्त्र उमेद्वारका रुपमा स्वागत नेपाल र सन्तोष घिमिरे पनि चुनावी अभियानमा छन् । ‘मत जस्तै मन पनि सफा राख्छु । भ्रष्टाचार गर्दिन’ भन्ने नारासहित आफूले चुनावी अभियान चलाइरहेको उमेद्वार भट्टराईले बताए ।

आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनको प्रतिवद्धता पत्र सरल भाषामा छ ।
पद र शक्तिको दुरुपयोग नगर्ने उनको पहिलो प्रतिवद्धता छ । ट्युवेल चुनाव चिन्ह पाएका भट्टराईले झापा क्षेत्र नम्वर–२ का जनताको अमूल्य मत आफूलाई प्राप्त हुने विश्वास पनि लिएका छन् । समाजिक सेवा र व्यवसायिक क्षेत्रमा लामो समय सक्रिय भट्टराई राखेका प्रतिवद्धता यस्ता छन् ।
‘विकास, समृद्धि र समानताका लागि हाम्रो अभियानः जवाफदेही संसद् सदस्यका लागि ट्युवेल चिन्हमा मतदान’ भन्ने उनको नारा छ । उनले आफ्नो प्रतिवद्धता पत्रमा भनेका छन्– ‘पद र शक्तिको दुरुपयोग गर्दिन ।’
विधिको शासन भन्दा बाहिर गएर कुनै पनि निकाय र कर्मचारीलाई दबाब नदिने बताउँदै भट्टराईले महत्वपूर्ण मुद्दामा संवाद र छलफल गरी स्पष्ट दृष्टिकोण राख्ने बताए ।
उनले भने, ‘कुनै पनि मुद्दामा दोहोरो चरित्र प्रदर्शन गर्दिन । सरकारलाई पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन सधैँ खबरदारी गर्छु । मतदाताको बलियो विश्वासको जगमा उभिएर भन्छु, राष्ट्र र राष्ट्रियताप्रति मेरो इमानदारिता सधैँ जाँच होस् । ’
















