- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
झापा– भारतको राजधानी दिल्लीमा स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले संकटकालको घोषणा गरेको हो ।
सरकारले बालबालिकालाई घरबाहिर निस्किन रोक लगाएको छ । सरकारी निर्देशनमा प्राथमिक विद्यालयहरु बन्द गरिएका छन् । प्राथमिक तह माथिका विद्यालयमा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ ।
कर्मचारीले घरैबाट काम गर्ने सुविधा पाएका छन् । राजधानी दिल्ली विश्वको सबैभन्दा प्रदूषित सहर हो । सरकारले डिजेलबाट चल्ने ट्रक तथा अरु साना गाडी चलाउन पनि रोक लगाएको छ । दिल्लीमा हावाको गुणस्तर सूचकाङ्क ४ सयमाथि पुगेपछि स्वास्थ्य संकटकाल घोषणा गरिएको हो ।
प्रदूषणका कारण श्वासप्रश्वास, खोकी, नाक बग्ने, आँखा चिलाउनेलगायतका लक्षणसहितका बिरामी बढेको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दैभारतीय सञ्चारमाध्यमले जनाएका छन् ।