४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

निर्वाचनका लागि झापामा सातहजार भन्दाबढी कर्मचारी परिचालन



बिर्तामोड- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापामा सातहजार भन्दाबढी कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय कार्यालय झापाले निर्वाचनमा खटिने कर्मचारीको टुंगो लगाएको हो ।

निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले निर्वाचन प्रयोजनमा सात हजार भन्दाबढी कर्मचारी खटिन लागेको जानकारी दिएका हुन् ।

निर्वाचनमा परिचालन हुने कर्मचारीका लागि तत्काल तालिम आयोजना गर्ने तयारी भइरहेको छ । कर्मचारीलाई अभिमुखीकरण तालिम दिएपछि तोकिएको मतदान केन्द्रमा परिचालन गरिने निर्वाचन प्रमुख नेपालले बताए ।

निर्वाचन अधिकृत नेपालका अनुसार जनशक्ति व्यवस्थापन लगायत निर्वाचनसँग सम्बन्धित ९० प्रतिशत काम सकिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार ००:००  ९ : १९ बजे