१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

छठ हेर्न गएका दमकका १४ वर्षीय बालकको छुरा हानेर हत्या




झापा– छठ हेर्न गएका झापाको दमकका एक जना बालकको हत्या भएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी निवासी धनबहादुर श्रेष्ठका १४ वर्षीय छोरा दियुस श्रेष्ठको हत्या भएको हो । उनी मोरङको उर्लाबारी–७ स्थित मावा खोलामा छठ हेर्न गएका थिए ।

बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार गरिएका श्रेष्ठको आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको थियो । मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले गएराति साढे १० बजेतिर बालकमाथि छुरा प्रहार भएको बताए ।

एसपी कोइरालाका अनुसार दियुसमाथि छुरा प्रहार गर्नेको पहिचान हुन बाँकी छ। उर्लाबारीकै हाटखोला बस्ने तत्काल नाम, थर र वतन नखुलेका च्यान्टे भनिने युवाको समूहले छुरा प्रहार गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ००:००  ८ : ५० बजे