७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

डेंगु नियन्त्रणमा सरकार असफल : एमाले




झापा- नेकपा एमालेले डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल भएको जनाएको छ । एमाले सचिव एवम् स्वास्थ्य जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ति निकालेर देशव्यापी रुपमा फैलिएको डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल भएको जनाएका हुन् ।

‘डेंगु फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ’, भट्टराईले भनेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ००:००  ८ : २५ बजे