४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

हात्तीको आक्रमणबाट बाह्दशीमा बृद्धको मृत्यु




बिर्तामोड- हात्तीको आक्रमणबाट झापाको बाह्रदशी गाउँपालिकामा एकजना बृद्धको मृत्यु भएको छ । बाह्रदशी–१ का ८० वर्षीय देवीबहादुर अधिकारीको आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान १० बजे अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो । स्थानीय मनकामना सामुदायिक वनमा अधिकारीलाई हात्तीले आक्रमण गरेको झापाका प्रहरी प्रवक्ता डीएपी बसन्त पाठकले बताए ।

हात्तीको आक्रमणबाट घाइते भएका अधिकारीलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार ००:००  १० : ०२ बजे