७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यी हुन् नेकपा एकीकृत समाजवादीका केन्द्र र प्रदेशका उमेद्वार




झापा-
आसन्न निर्वाचनका लागि झापाबाट नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

पार्टीका तर्फबाट मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको नाम सिफारिस भएको हो ।

जिल्लाले प्रदेश कमिटीलाई सिफारिस गरेको एकीकृत समाजवादी पार्टी झापाका प्रचार विभाग प्रमुख जिल्ला तीर्थ सिग्देलले जानकारी दिए ।

पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ झापा १ बाट केन्द्रीय सदस्य अशेष घिमिरे, दुर्गा भट्टराई, विष्णुमाया पाठक, २ बाट पोलटब्युरो सदस्य भाष्कर काफ्ले, केन्द्रीय सदस्य निलमणि बराल, अर्जुन मेचे, रमा खवासको नाम सिफारिस गरेको छ ।

३ बाट केन्द्रीय सदस्य पुष्प पोखरेल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, ४ बाट केन्द्रीय सल्लाहकार सदस्य नारायणसिंह राजवंशी र प्रदेश कमिटी सदस्य अम्बिका महत उप्रेती र झापा ५ बाट केन्द्रीय सदस्य इन्द्र बुढाथोकी, राजेन्द्र दाहाल र हरिमाया मैनालीको नाम सिफारिस गरेको हो ।

प्रदेशसभा निर्वाचनका लागि १ को प्रदेश ‘क’ बाट हरि तिम्सिना, निरोज कट्टेल, विमला देवाकोटा, उदय बराइली सिफारिसमा परेका छन् । प्रदेश ‘ख’ बाट सविता भण्डारी, अर्जुन पौडेल, वीपी भट्टराई, पर्शुराम शंकरको नाम छ ।

२ को प्रदेश ‘क’ बाट श्रीसिटौला, चन्द्रकला घिमिरे, कृष्ण विष्ट र तीर्थ सिग्देल छन् । ‘ख’ बाट प्रत्युस राना, होम दुलाल, दुर्गा आचार्य र मञ्जु सञ्जेलको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर ५ को ‘क’ बाट केन्द्रबहादुर प्रसाईं, भरतबाबु कार्की, खगेन्द्रप्रसाद बाराकोटी, नारायण राजवंशी, होम बराल र मोहन घिमिरेको नाम सिफारिस भएको छ । ‘ख’ बाट मणिकुमार भण्डारी, शान्तिराम आचार्य, रामकुमारी तामाङ र महेश घिमिरेको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार ००:००  ८ : ५५ बजे