१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

६० प्रकारका नेपाली परिकारमा अलैँची प्रयोग गर्न सकिने निष्कर्ष




बिर्तामोड-नेपाली भान्सामा अलैँचीको प्रयोग बढाउनेबारे छलफल सुरु भएको छ । नेपाल अलैँची व्यवसायी महासंघले आन्तरिक खपत र उपयोगिताबारे बहस सुरु गरेको हो । यसका लागि महासंघले ‘वाह अलैँची’ अभियान सञ्चालन गरिरहेको छ ।

मास्टर सेफ सन्तोष साहलाई ब्राण्ड एम्वासेडर बनाएर महासंघले स्वीस सरकारको सहज परियोजना र कृषि मन्त्रालयको सहयोगमा अलैँचीको आन्तरिक खपतबारे बहस थालेको अध्यक्ष निर्मल भट्टराईले बताए । उनका अनुसार उत्पादनको करिव पाँच प्रतिशत हिस्सा मात्रै नेपालमा खपत छ ।

‘आन्तरिक खपत बढाउने भनेको नेपाली परिकारमा अलैँचीको प्रयोग हो’, मास्टर सेफ साहले भने, ‘नेपालका ६० प्रकारका परिकारमा अलैँची प्रयोग गर्न सकिँदोरहेछ ।’ उनले हरेक भान्सामा औषधीय गुण भएको अलैँची प्रयोग गर्नुपर्नेमा जोड दिए ।

‘स्वाद अलैँचीको मीठास नेपालको’ भन्ने नारासहित महासंघले थालेको अभियानमा होटल व्यवसायीले पनि साथ दिइरहेका छन् । अहिले नेपालमा उत्पादित अलैँची भारत निर्यात भइरहेको छ । बर्सेनि पाँचदेखि सात अर्व रुपैयाँको अलैँची निर्यात हुन्छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार ००:००  ९ : २५ बजे