७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

‘हेमोडायलायसिस’ सेवा आफैँ  सञ्चालन गर्न मेची अस्पताललाई निर्देशन



झापा- सरकारले मेची प्रादेशिक अस्पताललाई ‘हेमोडायलायसिस’ सेवा आफै सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले यस्तो निर्देशन दिएको हो ।

महाशाखाले तीन महिनाभित्र सेवा आफैँ सञ्चालन गर्न निर्देशन दिएको मेची प्रादेशिक अस्पतालका प्रशासन प्रमुख रेखनाथ दाहालले बताए । अस्पतालले २०७४ भदौ ९ गतेदेखि निःशुल्क होमोडायलायसिस सेवा सञ्चालनमा ल्याएको थियो ।

अस्पतालले २०७७ पुस १ गतेदेखि काठमाडौँको विराङ्ग हेल्थ केयरलाई हेमोडायलायसिस सेवा सञ्चालन गर्ने जिम्मा दिएपछि त्यसको आलोचना भइरहेका बेला सरकारले सेवा आफैँ सञ्चालन गर्न निर्देशन जारी गरेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार ००:००  ८ : १५ बजे