१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

खर्च गर्न नसक्दा एक अर्ब ४३ करोड बजेट फिर्ता



मोरङ– प्रदेश सरकारले खर्च गर्न नसक्दा संघीय सरकारले पठाएको बजेटको ठूलो हिस्सा फिर्ता भएको छ । केन्द्रले बजेट नदिएको आरोप लगाउने गरेकाे प्रदेश सरकारले उपलब्ध भएको बजेट खर्चै गर्न नसकेको हो ।

गत आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त बजेटमध्ये १४ दशमलव ४६ प्रतिशत अर्थात १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बजेट फिर्ता भएको छ ।

खर्चको सीमा बढाउन प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा बजेट रकमान्तर समेत गर्दै आएको छ । तर, त्यसले पनि अपेक्षित रुपमा बजेट खर्च हुन सकेको छैन् ।

कतिपय अवस्थामा कामै नहुने योजनामा संघीय सरकारले बजेट पठाउने भएकाले त्यस्तो बजेट फिर्ता जाने गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए ‌।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार ००:००  ४ : १४ बजे