७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

थप १ हजार कामदार लैजाने इजरायलको तयारी



बिर्तामाेड– इजरायल सरकारले कृषि प्रयोजनका लागि थप एक हजार नेपाली कामदार लैजाने भएको छ ।

दुई देशबीचको श्रम सम्झौताबारे आज भएको छलफलमा इजरायलले कृषि प्रयोजनका लागि नेपाली कामदार लैजाने विषयमा स्पष्ट पारेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गाेदेरबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा राजदूतले आइतबारमात्र इजरायल सरकारले थप एक हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार ००:००  ३ : ०९ बजे